राजीनामा गर्नुपर्छ भन्ने कतै संविधानमा छैनः प्रधानमन्‍त्री ओली

Photo - RSS
Photo - RSS

प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६ (५) को सरकार गठनको प्रक्रिया सुरु गर्न राजीनामा गर्न नपर्ने बताएका छन्।

प्रधानमन्त्री निवासमा शुक्रबार पत्रकार सम्मेलन गर्दै ओलीले धारा ७६ (५) को सरकार गठनको प्रक्रिया सुरु गर्न आफूले राजीनामा गरेर जानु पर्छ भन्ने कतै संविधानमा नभएको बताए।

उनले भने, 'मैले राजीनामा गरेर गएपनि संविधान अनुसार नै हुन्छ। राजीनामा गरेर जानु पर्छ भन्ने कतै संविधानमा छैन।'

'यदि विश्वासको मत लिन चाहेन भने के गर्ने, मैले विश्वाको मत लिन चाहिन ‘ह्यान्ड सप’ गरे भने के गर्ने। संविधानमा छैन भने विकल्पमा जाने, तर विकल्प त रोकिएको छैन', प्रधानमन्त्री ओली भने।

'राजीनामाको कुरा छैन, कुरा विश्वासको मत ल्याउ भन्ने छ। मैले विश्वासको मत नै छोडे भनेपछि यसमा ‘हलो अड्काउने गोरु चुट्नु नि प-यो', उनले भने, 'विश्वासको मत आएन मैले छोडेदिए, विश्वासको मत पाएन भन्ने कुरा फैरी दर्ज गर्नुपर्ने होर?'
 
 

प्रकाशित मिति: : 2021-05-21 14:01:00

प्रतिकृया दिनुहोस्