महामारीमा नेता बेपत्ता !

आयोमेल

काठमाडौँ

धैर्यकान्त दत्त

धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँमा मंगलबार एकैपटक ४६ जनामा कोरोना संक्रमण पुष्टि भयो।

कोरोना संक्रमितको लक्षणसँग मिल्दोजुल्दो बिरामीको संख्या गाउँमा बढेपछि नगरपालिकाले ५४ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको थियो।

जसमध्ये ४६ जनामा कोरोना पोजिटिभ देखिएको नगरपालिकाका प्रवक्ता दीपकजंग थापाले बताए।

संक्रमितहरूमध्ये जटिल देखिएका दुई तीनजना उपचारका लागि काठमाडौं गएको र बाँकी होमआइसोलेसनमा बसेर उपचार गराइरहेको उनले जानकारी दिए।

थापाले मिथिला नगरपालिकामा अहिलेसम्म ६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको बताए।

धनुषाकै सीमावर्ती क्षेत्रमा रहेको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा पनि कहालीलाग्दो अवस्था देखिएको छ। भारतीय सीमासँगै जोडिएको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अधिकांश घरका मानिसहरूमा ज्वरो र रुघाखोकीजस्ता लक्षण देखिएका छन्।

त्यहाँ पनि हालसम्म ६/७ जनाको मृत्यु भइसकेको छ।

मिथिला नगरपालिका र मुखियापट्टी मुसहरनियाजस्तै प्रदेश २ का अधिकांश ग्रामीण क्षेत्रमा कोरोना संक्रमणको लगभग उस्तै अवस्था छ।

धिकांश ग्रामीण क्षेत्रहरूमा कोरोनासँग मिल्दोजुल्दो लक्षण ज्वरो, रुघाखोकी लागेर मानिसहरू बिरामी भइरहेका छन्।

तर ती गाउँहरूमा न कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ, न स्वास्थ्य टोलीले अनुगमन नै गरेका छन्।

प्रकाशित मिति: : 2021-05-19 21:19:00

प्रतिकृया दिनुहोस्