संकटमा मानसिक स्वास्थ्य ठीक राख्न के गर्नुपर्छ?

देशसञ्चार

काठमाडौँ

रामपुकार शाह

संकट र मानसिक स्वास्थ्य जोडिएर आउँछन्। यिनलाई एकै सिक्काका दुई पाटा भन्दा फरक नपर्ला। जब संकट पर्छ, मानिसहरुले धेरै किसिमको भावनात्मक दुख भोग्नुपर्ने हुन्छ। चुनौतीहरु आउँछन्। संकट आफैँमा असामान्य भएको हुँदा यसको प्रभाव पनि असामान्य नै हुन्छ। त्यसैले यस्तो समयमा आफूलाई सामान्य राख्न र यसको प्रभावबाट बाहिर रहन धेरै प्रकारका मनोवैज्ञानिक शक्ति प्रयोग गर्नुपर्छ।

त्यतिबेला आफूलाई के भइरहेको छ भनेर बुझ्न गाह्रो हुन्छ। अचानक हुने परिवर्तनलाई दिमागले सजिलै ग्रहण गर्न सक्दैन। आफूमा विकास भइरहेको भावना अनुभूत गर्न कठीन भएको हुन सक्छ।

हाम्रो शारीरिक समस्याहरुको पहिचानको लागि अपनाइने प्रवृत्तिलाई हामीले स्वीकार गरिसकेका छौँ। तर मानसिक स्वास्थ्यको बारेमा हामी बल्ल कुरा गर्न थालेका छौँ। अझै समस्या लुकाउने चलन छन्। हामी आफूमा विकास भइरहेको मानसिक समस्या पहिचान गर्न र थाहा पाएमा भनिहाल्न डराउँछौँ।

नेपालमा मानसिक स्वास्थ्यको बारेमा कुरा गर्न थालिएको ८० वर्षभन्दा धेरै भइसकेको छ। तर मानिसले खुलेर यसबारे २०७२ को भूकम्पपछि मात्रै बोल्न थाले। गत वर्षको लकडाउनमा यसबारे धेरै छलफल भयो। सकारात्मक पाटोबाट हेर्ने हो भने यस्ता संकट मानसिक स्वास्थ्यकर्मीहरुको यस विषमा मानिसहरुलाई बुझाउने राम्रो अवसर पनि हो।

प्रकाशित मिति: : 2021-05-19 18:48:00

प्रतिकृया दिनुहोस्