सभापति देउवाद्वारा नेता मल्लको निधनप्रति दुःख व्यक्त

फाइल तस्वीर
फाइल तस्वीर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य, महासमिति सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य भागवत प्रकाश मल्लका पिता गजिन्द्रप्रकाश मल्लको निधनप्रति दुःख गरेका छन्। उनको यही जेठ ४ गते निधन भएको हो।

सभापति देउवाले आज एक शोक वक्तव्यर्फत उनको निधनको खबरले आफूलाई दुःखीत र मर्माहत बनाएको उल्लेख गर्दै उनको आत्माको चिर शान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। स्व मल्ल जिल्ला विकास समिति स्याङ्जाको पूर्वसदस्यसमेत थिए।

मल्लले कांग्रेसको सङ्गठन निर्माण र नेपालका लोकतान्त्रिक आन्दोलनहरुमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै सभापति देउवाले उनको निधनबाट पार्टीले एक अग्रज अनुभवी व्यक्तित्वलाई गुमाएको बताएका छन्। सामाजिक र विकास निर्माणका क्षेत्रमा समेत स्व मल्लको सक्रिय योगदान थियो।रासस

प्रकाशित मिति: : 2021-05-19 10:56:00

प्रतिकृया दिनुहोस्