‘सत्ता टिकाउन नेतान्यूले कोट्याएको गाजाको घाउ’

पहिलोपोष्ट

काठमाडौं

विश्व यतिबेला कोभिड-१९ विरुद्धको लडाईँमा जुटिरहेको छ। तर गाजामा इजरायलले हवाइ आक्रमण सुरु गरेपछि त्यस क्षेत्रमा हिंसा भड्किएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्यूले आइतबार (मे १६) मा  टेलिभिजन सम्बोधन गर्दै आक्रमण पूर्णरुपमा सफल नहुँदासम्म जारी रहने बताएका छन्। उनले यो आक्रमण अझै केही समयसम्म रहने बताइसकेका छन्।

सन् २०१४ को गाजा युद्यपछिकै ठूलो लडाईँ चलिरहेको छ गाजापट्टि। इजरायली आक्रमणमा कम्तिमा २१२ प्यालेस्टिनी नागरिक मारिएका छन्। जसमध्ये ६१ जना बालबालिका रहेका छन्। १५ सय बढी घाइते भइसकेका छन्। १० जना इजरायली नागरिकको मारिएका छन् भने ३०० को हाराहारीमा घाइते भएका छन्।

गाजापट्टिको पश्चिमी किनारामा इजरायलले बसालेका बस्ती हिंसाका कारणका रुपमा रहँदै आएको छ। इजरायल र प्यालेस्टाइनबीचको सम्बन्धमा यिनै बस्ती बाधक बन्दै आएको छ।

यस क्षेत्रमा बनाइएका १४० बस्तीमा ६ लाखभन्दा बढी मानिस बस्दै आएका छन्। इजरायलले १९६७ देखि पश्चिमी किनारा र पूर्वी जेरुसेलममा अवैध बस्ती बसाल्दै आएको छ। यी बस्ती अन्तर्राष्ट्रिय कानुन विपरीत भए पनि यसलाई इजरायलले अस्वीकार गर्दै आएका छ। इजरायलले सन् १९६७ देखि प्यालेस्टाइनको पूर्वी जेरुसेलम र पश्चिमी किनारा कब्जा गरी बस्ती बसाउने कार्य थालेपछि सो क्षेत्रमा हिंसात्मक घटना भइरहेका छन्।

अधिकांश विश्वले पश्चिमी किनारमा बसेको उक्त बस्ती अवैध भएको भन्दै आएका छन्।

इजरायलले यसरी बसाएका पूर्वी जेरुसेलम र पश्चिम किनाराका अवैध बस्तीहरूमा करिब ५ लाख यहुदीहरूको बसोबास छ। सन् १९६७ को मध्यपूर्वको युद्धपछि इजरायली सेनाले हस्तक्षेप गरी प्यालेस्टाइनी क्षेत्र पूर्वी जेरुसेलम, पश्चिम किनारा र गाजापट्टिलगायतका क्षेत्रमा यहुदीहरूको सामूहिक बस्ती निर्माण कार्य सुरु गरेको थियो।

पछिल्लो पटक २०२१ को मे ६ बाट सुरु भएको हिंसा अझै जारी छ। त्यहाँका यहुदी र प्यालेस्टिनी समुदायबीचको हिंसात्मक झडपबाट सुरु भएको हिंसा रोकिने छाँट छैन। ६ मे'मा इजरायलको सर्वोच्च अदालतले इजरायल नियन्त्रित पूर्वी जेरुसेलम नजिकको सेख जराहबाट ६ प्यालेस्टिनी परिवारलाई  निष्काशन गर्ने फैसला गरेसँगै प्यालेस्टिनीहरुले प्रदर्शन सुरु गरेका थिए।

प्रकाशित मिति: : 2021-05-19 07:25:00

प्रतिकृया दिनुहोस्