कपटकान्तको सन्दीग्ध मृत्यु

शिलापत्र

काठमाडौँ

खगेन्द्र संग्राैला

काल बडो कष्टकर छ । कष्टकर यो कालको एक तालको चरित्रनायक हो कपटकान्त कञ्चन । ऊ अहिले नवनिर्मित धरहराको गजुरमुन्तिर छ । बीसौँ तलाको कौसीको डिलमा । डिलबाट शहर नजर गर्दै शानले खुट्टा खसालेर बसेको छ ऊ । खुट्टा उसको चञ्चल चित्तको लयमा हल्लिरहेछन्- खिसखिस, खिसखिस ।

कोरोनाद्वारा आक्रान्त यो राजधानी शहर राजसी निषेधाज्ञाको तरबारमुनि थुरथुर काम्दो छ । विल्कुल क्रियाहीन, गतिहीन, निस्तेज र मृतवत् छ यो शहर । एकदमै निसास र उदास । एकदमै अत्यासकारी र ऐठनकारी । कपटकान्तलाई मानौँ, यो सबको बाल मतलब छैन । मानौँ, यो सबप्रति उदासीन र बेफिक्री मुद्रामा छ ऊ । विल्कुल अलमस्त र आफैँमा त्यसैत्यसै मगनमस्त । लाग्छ, ऊ निर्बन्ध छ । तल फेदमा धरहराको द्वार बन्द छ । कपटकान्त कसरी माथि पुग्यो, कथा रहस्यमय छ । यो रहस्यभित्र अलिकता चटक छ, अलिकता रोब छ, अलिकता भ्रम छ, अलिकता भय छ । र, यो रहस्यमा यी नानाओली तत्त्वको संगमबाट निर्मित विराट् कोलाहल छ ।

तल भुइँमा छँदा कपटका नजरमा कपट आफू अरु मानवसरह थियो । जब माथि उक्लियो वा उकालियो, उसका दृष्टिमा उसको उचाइ धरहरासरह भयो । र, तल धरामा छुटेका मानवहरू भए उसका दृष्टिमा तुच्छ धूलीकणसरह ।

प्रकाशित मिति: : 2021-05-18 11:24:00

प्रतिकृया दिनुहोस्