अस्ट्रेलियाबाट बिदामा आएकी थिइन्, लकडाउनमा सुरू गरिन् गहना व्यवसाय

सेतोपाटी

काठमाडौँ

सुप्रिमा महर्जन २०७६ साल फागुन अन्तिमतिर आफ्ना हजुरबुवाको जंकुका लागि नेपाल फर्किइन्।

जम्मा चार साता बिदा मिलाएर आएकी थिइन्। लगत्तै कोरोना महामारी फैलियो र लकडाउन भयो। त्यो बेलादेखि सुप्रिमा अस्ट्रेलिया फर्केकी छैनन्। भिसा बाँकी रहे पनि उनको एक वर्षभन्दा बढी समय नेपालमै बितिसक्यो। उनले यो समय यसै खेर जान भने दिएकी छैनन्। यतिबेला उनी अनलाइनमार्फत गहना व्यवसाय गरिरहेकी छन्।

'स्थायी रूपमा नेपाल बस्ने सोचमा फर्केकी थिइनँ। तर महामारीका कारण यतै अड्किएँ,' २९ वर्षीया सुप्रिमा भन्छिन्, 'लकडाउनमा दिन कटाउनै मुश्किल हुन्थ्यो। त्यसैले आफ्नो रूचिको काम गर्न थालेँ।' 

सुप्रिमालाई गरगहना मन पर्छन्। हातमा ब्रासलेट र औंठी, घाँटीमा विभिन्न डिजाइनका सिक्री, हार र कानमा झुम्का कहिल्यै खाली हुँदैन। बुवाको हस्तकला गहनासम्बन्धी व्यवसाय भएकाले पनि सानैदेखि विभिन्न डिजाइनका गहना लगाउने रूचि पलाएको उनी अनुमान गर्छिन्।

प्रकाशित मिति: : 2021-05-17 08:54:00

प्रतिकृया दिनुहोस्