प्रचण्डसँग युवाहरुको भर्चूअल बैठक

परिवर्तित राजनीतिक घटनाक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ के गर्दै होलान ? धेरैको जिज्ञासा हुनसक्छ।

नेपाली राजनीतिका ‘केन्द्रबिन्दु’ मानिएका दाहालले व्यस्त समयका वाबजुदपनि पार्टी निर्माण र सुदृढिकरणमा आफुलाई केन्द्रित गरेका छन्।

पार्टी भातृ संगठन योङ कम्युनिष्ट नेपाल (वाइसीएल) का प्रदेश १ संयोजक तथा प्रभावशाली यूवा नेतृत्व कर्मा पुलामीका अनुसार अध्यक्ष प्रचण्ड शनिबार विहारभर यूवाहरुसंग केन्द्रित भए। उनका अनुसार अध्यक्ष प्रचण्डले पार्टीको सांगठनिक स्वरुप तथा नयाँ संगठनात्मक कार्यविधिमा समावेश गर्न लागिएका कतिपय बिषयहरुमा वाइसिएल नेताहरुसंग गहन छलफल गरेर सुझाव समेत लिएका छन्।

पार्टीमा २० प्रतिशत युवा र ३५ महिलाको सहभागिता अनिवार्य गर्ने लगायतका संगठनात्मक कार्यविधि निर्माणसंग सम्बन्धित विबिध बिषयमा ‘भर्चुअल माध्यम’को संवाद गरेर आवश्यक राय सुझाव दिनेसंगै पार्टीको निर्देशनात्मक प्रशिक्षण सञ्चालन भएको नेता पुलामीले जानकारी दिए। ‘पछिल्लो राजनीतिक घटनाक्रम, कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा युवाहरुको भुमिका आदिका बिषयमा अध्यक्ष प्रचण्डबाट विस्तृत जानकारीसहित निर्देशनहरु भएका छन’– भर्चुअल बैठकपछि संयोजक पूलामीले भने।

सोहि अवसरमा यूवाहरुले अध्यक्ष प्रचण्डलाई पार्टी संगठन चलायमान बनाउन साविकका सबै माओवादी नेता, कार्यकर्ताहरुबीच सांगठनिक एकता र सहकार्य अघि बढाउन सुझाव दिएको पनि पनि संयोजक पुलामीले जनाए।

‘अरुको भर परेर हुँदैन, अहिलेसम्म भएका टुटफुट र कमि कमजोरीलाई आत्मसात गरेर सबै पूर्व माओवादीहरु एकत्रित हुनुपर्छ ’ पुलामीले भने– त्यसैले कम्युनिष्ट पार्टीको बिकास गर्नुपर्ने सुझाव दिइएको छ।योङ्ग कम्युनिस्ट लिग नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ले पछिल्लो राजनीतिक घटनाक्रम र कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा लाग्न युवाहरूलाई निर्देशन दिएका छन्।

भर्चुअल बैठक मार्फत अध्यक्ष दिपशिखाले प्रचण्डलाई संगठन चलायमान बनाउन साविकको सबै युवा संगठन, माओवादी नेता, कार्यकर्ताबीच सांगठानिक एकता कायम गरि सहकार्यमा अघि बढाउन सुझाव दिएका थिए।

प्रकाशित मिति: : 2021-05-15 19:14:00

प्रतिकृया दिनुहोस्