बिबिसी
"घरमा वा अस्पतालमा मर्नुको मात्र फरक हो। यहाँ बेड पनि छैन, अक्सिजन पनि छैन। डाक्टरले ल्याउनु पर्दैन भनेका थिए, हामीले जबरजस्ती ल्यायौँ। बेड पनि पाइएन, अक्सिजन पनि पाइएन।"
बिहीवार मध्यान्ह काठमाण्डूको वीर अस्पतालको आकस्मिक कक्ष नजिकै स्वयम्भूकी ४५ वर्षीय कर्मा थिंग आँखाबाट आँसु झार्दै फोनमा भनिरहेकी थिइन्।
नजिकै गएर सोधेँ, "के भयो दिदी?"
"तीन दिनदेखि ज्वरो आएको मेरो श्रीमान् बेड र अक्सिजन खोज्दाखोज्दै बित्नुभयो। हिजो बितेको मान्छेको शव अहिलेसम्म पाएका छैनौँ," उनी झन् भक्कानिइन्।
आकस्मिक कक्षभित्र स्वास्थ्यकर्मी कोही बिरामीलाई 'यहाँ शय्या छैन, अन्त खोज्नूस्' भनिरहेका थिए त कोही 'अक्सिजनको जोहो गर्नूस्' भनिरहेका थिए।
त्रिविवि शिक्षण अस्पतालका दृश्य पनि फरक थिएनन्।
एक युवा आकस्मिक कक्षको ढोकामा भन्दै थिए, "तीन दिन कुर्दा पनि आईसीयू पाइएन। अक्सिजन पनि पर्याप्त पाइएन। यदि समयमै आईसीयू बेड पाएको भए बुबा बाँच्नुहुन्थ्यो।"
आकस्मिक कक्षको एउटा शय्यामा तीन जनासम्म बिरामी राखिएका थिए। भुइँमा पनि बिरामी थिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया