धेरैमाथि चम्किलो चन्द्रमा छ 
अनि म पृथ्वीमा छु,

माथिको चम्किलो चन्द्रमा हेरेर
तल कल्पनामा डुब्ने गर्छु,

माथि जाउँ,पृथ्वीसँग प्रगाढ प्रेम छ 
अझ भनु पुरा पृथ्वी छाेड्नुपर्छ 
विर्सिनु पर्छ शितल हावाका वेगहरु
सुन्दर प्रकृतिको परम आनन्द 
तर फेरि हरदम मन लागिरहन्छ 
चन्द्रमामा पुग्न,उसलाई छुन 
त्यहाँका सुन्दर वस्तुहरु नियाल्न  
परम आनन्द लिन,

अपसाेच्, म त्यो भागमा उभिएकी छु
जहाँ पृथ्वीमा बस्न पनि सक्दिनँ 
चन्द्रमामा पुग्न पनि 
पृथ्वीलाई थाहा छैन म माथि जान चाहन्छु 
चन्द्रमा निदाएकाे नाटक गरिरहेछ 
केही भन्दैन चुपचाप मलाई हेरिरहन्छ। 

प्रकाशित मिति: : 2021-05-15 12:37:00

प्रतिकृया दिनुहोस्