कुनै पनि रोगमा सहेर नबसौं, आपतकालीन अवस्थामा जुनसुकै समस्यामा पनि अस्पताल आउनुपर्छ

आपतकालीन अवस्थामा जुनसुकै समस्यामा पनि अस्पताल आउनुपर्छ। कोभिड बाहेक अन्य रोगले पनि मानिसको ज्यान गइरहेको छ

सेतोपाटी

काठमाडाैं

अहिले विश्वको प्राथमिकतामा कोभिड परेको छ। हाम्रो देशमा पनि लकडाउन झन् झन् कडा भइरहेको छ। सर्जनको आँखाबाट हेर्दा कतिपय बिरामीहरु अस्पताल आउन ढिला गरेको देखिन्छ। एप्पेन्डीसाईटिस भएर पिप जमेको वा फुटेको, आन्द्रा फुटेको, हर्नियामा आन्द्रा अड्केको, बटारिएको जस्ता जटिल अवस्थामा अस्पताल आउने देखिएको छ।

रोग लागेपछि छिटो आउँदा अस्पतालको बसाई छोटो हुने, जटिलता पनि कम हुने गर्छ। तर घर बाहिर निस्कने सास्ती, गाडी नपाइने समस्या, अस्पतालमा पनि कोभिड सर्ने मनोवैज्ञानिक त्रास आदिले यस्तो अवस्था आएको सजिलै अनुमान गर्न सकिन्छ।

साधारण समस्यामा अस्पताल जानैपर्छ भन्ने छैन। उदाहरणको रुपमा ग्यास्ट्राइटिस भएर औषधि खाईराख्नु भएको छ र सन्चो पनि भएको छ भने हतार गर्नु पर्दैन। पित्तथैलीको पत्थरी छ तर कुनै लक्षण छैन भने आत्तिनु पर्दैन।

त्यस्तै बाहिर भित्र आउनेजाने र नदुख्ने खाले हर्निया छ भने पनि डराउनु पर्दैन। साधारण समस्याको लागि स्वास्थ्यकर्मीसँग सल्लाह लिन सकेसम्म टेलिफोन वा अनलाइन प्रयोग गर्दा राम्रो हुन्छ।

अस्पताल जानैपर्ने भए सकेसम्म नजिकैको स्वास्थ्यसंस्था जानु राम्रो हो। त्यहाँ नहुने उपचारको लागि मात्र टाढा जानुपर्छ। इमर्जेन्सी अवस्थामा अस्पताल जाँदा कोभिड सर्ला भन्ने मनोविज्ञान त्याग्नु पर्दछ। नत्र घर बसेर ज्याननै जोखिममा पर्छ। अस्पताल जाँदाआउँदा मास्क लगाउने, अरूसँग दुरी कायम गरेर हिड्ने र सरसफाईमा ध्यान दिनुपर्छ।

प्रकाशित मिति: : 2021-05-15 12:28:00

प्रतिकृया दिनुहोस्