निमोनियाले ग्रसित बिरामी टेकुको चिसो भुइँमा, तर वीर र शिक्षणका अत्याधुनिक भवन खाली

महामारीले आक्रान्त जनताको चाप धान्न नसकेर टेकु अस्पतालले पेटीमा बेन्चमा मात्र होइन, भुइँमा समेत राखेर उपचार गराइरहेको छ।

जम्मा पाँच बेड क्षमताको इमर्जेन्सी वार्डमा ५२ जना बिरामी छन्। पटक–पटक परिरहेको पानीले भुइँका बिरामी भिज्न थालेपछि अस्पताल प्रशासनले पार्किङ खाली गरेर बेड थपेको छ।

अस्पतालले पार्किङ खाली गरेर १० बेड राखेको छ। तैपनि धेरै बिरामी अझै पनि बाहिरै छन्। यीमध्ये २७ बिरामी गम्भीर छन् जसलाई आइसियूमा राख्न आवश्यक छ, तर बेडसमेत नपाएर पेटीमै सुतेर जीवनका लागि संघर्ष गरिरहेका छन्। 

टेकुको इमर्जेन्सी वार्डका प्र्रमुख लीलानाथ भण्डारी भन्छन्, ‘सकेसम्म हाइफ्लो अक्सिजन आवश्यक पर्ने बिरामीलाई वार्डमा सार्ने कोसिस गरिरहेका छौँ। तर, वार्डमा सबैजना गम्भीर बिरामी भएकाले निको हुने दर कम छ, अपेक्षित बेड खाली हुन सकेको छैन। त्यसैले आइसियूमा राख्नुपर्ने बिरामीसमेत तीन–चार दिन बाहिरै हुनुहुन्छ।’ 

प्रकाशित मिति: : 2021-05-15 06:28:00

प्रतिकृया दिनुहोस्