यी हुन् नेपालीले खोप पाउने अबका विकल्प

हिमाल खबर

काठमाडौँ

डा. दिग्विजय महत

संसारभरिका शक्ति राष्ट्रहरूको दौड अहिले कोरोना भाइरसविरुदको खोप खरीद गरेर आफ्ना नागरिकलाई जोगाउनेतर्फ केन्द्रित छ। हुन त म नेपाल सरकारको आधिकारिक प्रतिनिधि होइन, तर देशलाई आवश्यक परेका बेला नागरिकले सहयोग गर्नुपर्छ भनेर गत अक्टोबरदेखि नै खोप खरीदमा म र रूपालक्ष्मी शाहले सहयोगको पहल गरिरहेका छौं।

अमेरिकामा स्वास्थ्य अनुसन्धानका क्षेत्रमा काम गर्ने भएकाले विभिन्न सम्पर्क सूत्र मार्फत अमेरिकामा उत्पादित खोप खरीदका लागि नेपाल सरकारलाई सहयोगको प्रयत्नमा छौं। नेपालमा सरकारी र गैरसरकारी क्षेत्रका थुप्रै व्यक्तिले पनि कोरोनाभाइरस परीक्षण गर्ने ल्याब स्थापना तथा खोप खरीदका लागि पहल गरिरहनुभएकै छ।

यसै क्रममा, मोडर्ना नामक खोप उत्पादक कम्पनीका संस्थापक बब ल्यांगरसँग उक्त कम्पनीले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप खरीदका विषयमा पहल गर्‍यौं। उनले सदाशयतापूर्वक आफ्नो कम्पनीका वरिष्ठ उपाध्यक्षलाई इमेल लेखिदिए। सम्पर्क स्थापित भएपछि मोडर्ना र नेपाल सरकारको स्वास्थ्य मन्त्रालयबीच वार्ता पनि भयो। उनीहरूले खोपका लागि कुर्न पनि भने।  

तर, केही दिनअघि मात्रै उनीहरूले नेपाल सरकारलाई सोझै खोप बिक्री गर्न नसकिने बताउँदै कोभ्यास मार्फत आउन सुझाव दिए। सोझै खोप खरीदको हाम्रो लामो प्रयत्न खेर गयो। 

प्रकाशित मिति: : 2021-05-14 21:47:00

प्रतिकृया दिनुहोस्