अमेरिकामा कोरोना ‘भ्याक्सिन’को दुबै ‘डोज’ लगाएकाले मास्क लगाउन नपर्ने

अमेरिकामा कोरोना भ्याक्सिनको दुबै ‘डोज’ लगाएका व्यक्तिले मास्क लगाउन तथा भौतिक दुरी काम गर्न नपर्ने भएको छ।

कोरोना खोपले काम गर्दै गएकोले भ्याक्सिन लगाएका व्यक्तिले मास्क लगाउन र दुरी काम गर्नु नपर्ने बाध्यता नभएको सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिबेन्सन (सीडीसी)ले बताएको छ। 

यदी कसैले आफ्नो इच्छाले दुबै कार्य गरेमा अपराध भने ठहरिने छैन। तर, संघीय, राज्य, स्थानीय, आदिवासी तथा क्षेत्रीय कानुन, ‘लोकल बिजनेस’ र ‘वर्कप्लेस गाइडेन्स’ अनुसार मास्क लगाउन अनिवार्य गरेको स्थानमा भने मास्क अनिवार्य लगाउनुपर्नेछ। 

यसैबीच राष्ट्रपति जो बाइडेनले दुबै डोज भ्याक्सिन लगाएका व्यक्तिले मास्क लगाउन अनिवार्य नभएको बताएका छन्। 

उनले भने,‘यो अत्यन्तै साधारण नियम हो, तपाई कि भ्याक्सिन लगाउनुहोस् वा मास्क।’ 

कोरोना महामारीको कारण समाजका हरेक क्षेत्रमा प्रभाव परेको बताउँदै राष्ट्रपति बाइडेनले भने,‘निकट भविष्यमा सबै कुरा सामान्य हुन्छ भन्ने आशा गरौँ।’

प्रकाशित मिति: : 2021-05-14 09:48:00

प्रतिकृया दिनुहोस्