अध्ययन भन्छन् : जङ्कफुडले हड्डीलाई क्षति पुर्‍याउँछ

E-ramechhap
E-ramechhap

चिप्स, फ्रेन्च फ्राइज तथा प्रशोधित र जङ्कफुडको सेवनले मोटोपना निम्त्याउने कुरा अधिकांशलाई थाहा छ।

तर, मोटोपनाको बढ्दो जोखिमका साथै प्रशोधित र जङ्कफुडको सेवनले हड्डीलाई पनि असर गर्नसक्ने अध्ययनकर्ताहरूले चेतावनी दिएका छन्। इजरायलको हिब्रु विश्वविद्यालयको अन्वेषकहरूको टोलीले प्रोसेस्ड फुडको सेवनले हड्डीको गुणस्तर घटाउन सक्ने सम्बन्धलाई प्रमाणित गरेका छन्। 

विशेषगरी साना बच्चाहरूमा उनीहरूको विकास हुने समयमा यस्ता खानाले धेरै क्षति पुर्याइने पाइएको छ। प्रोसेस्ड फुड र हड्डीको गुणस्तरको सम्बन्ध पत्ता लगाउनका लागि अध्ययनकर्ताहरूले मुसामा अध्ययन गरेका थिए। अध्ययनमा प्रोसेस्ड फुड दिएका मुसाको विकास कम भएको र हड्डीको घनत्वमा र हड्डीको विकासमा क्षति भएको देखाएको थियो। 

थोरै परिमाणमा पनि प्रोसेस्ड फुडको सेवनले हड्डीको विकासमा निश्चित नकारात्मक असर पार्नसक्ने विश्वविद्यालयका प्राध्यापक इफ्राट मोन्सोनगो ओर्ननले बताएका छन्। साथै, यस्ता प्रोसेस्ड फुडको सेवनले हड्डीको विकासमा निम्त्याएको समस्याले पूरै शरीरमा असर पर्ने र हेरक अङ्गमा क्षतिको जोखिम बढ्ने बताइएको छ। 

प्रकाशित मिति: : 2021-05-13 10:19:00

प्रतिकृया दिनुहोस्