कोरोना महामारीमा रगत र प्लाज्माको व्यवस्थापन कसरी?

पहिलोपोष्ट

काठमाडौँ
  • सरोजकुमार महतो-

रगत शरीरमा रहेको रातो तरल पदार्थ हो, यो प्लाज्मा र रक्तकोषहरुको समिश्रणबाट बनेको हुन्छ। जसमा ५४.३ प्रतिशत प्लाज्मा, ४५ प्रतिशत रातो रक्तकोष र ०.७ प्रतिशत सेतो रक्तकोष रहेको हुन्छ। मानव जीवित रहन रगत नभई नहुने पदार्थका रुपमा रहेको हुन्छ।

कुनै पनि देशको 'सम्पूर्ण जनसंख्याको २ प्रतिशतले निरन्तर रक्तदान गर्‍यो' भने उक्त देशको रगत अभाव हुदैन। तर नेपालको कुरा गर्दा कोभिड-१९ महिमारीभन्दा अगाडिसम्म लगभग १ प्रतिक्षतले रक्तदान गर्ने गरेको थियो। अनुपातकै हिसाब गर्दा आधीमात्रै। रगत व्यवस्थापनमा हालसम्म नेपाल रेडक्रसले अद्धितिय भूमिका खेलेको छ। केही समय यता नीजिस्तरमा पनि रक्तसंचार केन्द्रहरु संचालित छन्।

सामान्य अवस्थामा दिनहुँ रगतको अभाव जुन हामीलाई विदित नै छ, झनै महामारीको समयमा नियमित रगत सम्बन्धि कार्यक्रम नभएको हुनाले अभाव अत्याधिक छ। जुन अवस्था भए पनि मान्छे बिरामी हुन कम हुदैन, यस विषम परिस्थितिमा रगत व्यवस्थपन गर्न असहज भएको देखिन्छ। रगतको अभाव अवस्था हुँदाहुँदै कोरोना संक्रमितलाई प्लाज्मा थेरापिबाट उपचार गर्‍यो भने केही हदसम्म प्रभावकारी भएको देखिन्छ, जसका लागि कोरोनाबाट मुक्त भएको प्लाज्मादाता खोज्नु पर्ने हुन्छ, जुन पाउन गाह्रो छ।

नेपालमा हाल(वैशाख २८ गतेको अपडेट)सम्म कोरोना संक्रमितको संख्या ४,१३,१११ पुगेको छ, ३,१२,०१९ जना स्रंक्रमित निको भएर घर फर्की सकेका छन र ४,०८४ जनाको मृत्यु भएको छ। दिनानिदिन स्थिति नाजुक हुँदैछ। कोरोनाको महामारीलाई नियन्त्रण होस् भनेर देशको प्राय ठाउँमा निषेधज्ञा लगाईएको छ। यसबाट विभिन्न कुराहरु प्रभावित भएसँगै रगत व्यवस्थापन पनि एक रहेको छ।

महामारीले गर्दा नियमित रक्तदान कार्यक्रम हुन सकेको छैन। स्वःइच्छाले रक्तदान गर्न जानको लागि सहजता छैन। तर रगतको मागमा कमी छैन। दिनहुँको अपरेसन, थेलेसिमियाका बिरामी, डेलिभेरीजस्ता अवस्थामा रगतको अवश्यकता परिरन्छ, साथै वर्तमान समयमा कोरोना संक्रमितलाई प्लाज्मा थेरेपीबाट केही सुधार हुने गरेको हुँदा प्लाज्माको माग पनि अत्याधिक रहेको छ।

प्रकाशित मिति: : 2021-05-12 10:58:00

प्रतिकृया दिनुहोस्