राती सुत्नु अघि यसो गर्नुहोस् !

Onlinepana
Onlinepana

सुन्दर देखिने सबैको चाहना हुन्छ। विशेष गरी महिला आफूलाई आकर्षण देखाउनका लागि विभिन्न कस्मेटिक्सको प्रयोग गर्ने गर्छन्। जुन त्यति फाइदाजनक देखिदैन। 

समय परिवर्तनसँगै व्यस्त र प्रतिस्पर्धाको जीवनशैली, काम को तनाव, अस्वस्थयता, उदासिनताले अधिकांश मानिस  तनावग्रस्त रहन्छन्। जसले गर्दा सौन्दर्य घट्दै जान्छ। 

त्यो मात्र नभई दिनभरको थकानसँगै राती राम्रो निन्द्रा नपरे पनि स्वास्थ्य र सुन्दरतामा थप नकरात्मक असर पुर्याइरहेको हुन्छ। राम्रो स्वास्थ्यको लागि निन्द्रा निकै महत्वपूर्ण मानिन्छ।

 झन् आफ्नो सौन्दर्य कायम राख्नका लागि त निन्द्राले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। किनकी आफूलाई सुन्दर राख्नको निम्ति पर्याप्त मात्रामा निन्द्राको जरुरत पर्दछ। जब हाम्रो शरीरलाई आराम हुन्छ तब मात्र शरिर स्वस्थ्य बन्छ जसको असर हाम्रो शरीरको छालामा पर्दछ। 

सौन्दर्य वृद्धिको लागि राम्रो निन्द्राको आवश्यकता पर्दछ। त्यसैले राम्रोसँग निन्द्रा लाग्नका लागि ध्यान दिने गरौं, यी कुराहरुमा जसलाई तल दिइएको छ। 

–राती खुकुलो प्रकारको कपडा लगाएर सुत्नुपर्दछ, उज्यालो बत्तीको प्रकाशमा सुत्नु हुँदैन।

– चिन्ता तनाव, डाह, इष्र्याबाट मुक्त हुने, सकरात्मक सोच राख्नुपर्छ, योग, ध्यान व्यायाम गर्ने, सन्तुलित जीवनशैलि अपनाउनुपर्छ। 

– मनलाई शान्ती प्रदान गर्ने खालको पुस्तक पढ्ने जसले मन हलुंगो भइ निन्द्रा लाग्छ।

– वेडमा जानु अगाडि नै बाथरुमको काम सकाउनुपर्छ, जसले गर्दा राती उठ्नु जरुरी हँदैन।

– सुत्नुअघि ऐना सामु उभिएर हास्नुस र आफैलाई शुभरात्री भन्नुहोस्। यसबाट आफैप्रति संम्वेदनशील बनिन्छ र आफ्नो सौन्दर्यप्रति सचेत  भइन्छ।

– सुत्नेबेलामा मुस्कुराउदै आफुले आफैलाई शुभरात्रीको कामना गर्नुहोस, जसले तपाईको अनुहारमा थप उत्साह जगाउछ, थकान बिर्साएर मिठो निन्द्रा लाग्छ ।

प्रकाशित मिति: : 2021-05-11 21:56:00

प्रतिकृया दिनुहोस्