मेडिकल कलेजद्वारा कोरोना संक्रमितलाई उपचार गर्न नसक्ने भन्दै अस्पताल छोड्न आदेश

File Photo
File Photo

काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजले अस्पतालमा अक्सिजनको अभाव भएको कारण उल्लेख गर्दै कोरोना संक्रमितको उपचार गर्न नसक्ने बताएको छ। मंगलबार अपरान्ह विज्ञप्ति निकालेर ४ बजेभित्र ‘डिस्चार्ज’ हुन आग्रह गरेको हो।  

अस्पताललाई अक्सिजन उपलब्ध गराउँदै आएको कम्पनीको मेशिन बिग्रिएपछि अस्पतालमा अक्सिजनको अभाव भएको विज्ञप्तिमा उल्लेख गरेको छ।  
‘अक्सिजन सप्लाई गर्ने कम्पनी श्री सोपन फर्मासिउटिकल्स मेशिसन बिग्रिएको कारण बिरामीलाई तत्काल अक्सिजन उपलब्ध गराउन नसिकने हुँदा अस्पतालमा गम्भीर अवस्था आउन सक्ने भएकोले संक्रमित सबै बिरामीलाई आफ्नो व्यवस्था गर्न सूचित गरिन्छ,’ विज्ञप्तीमा उल्लेख छ। 

विज्ञाप्तिमा अस्पतालका बिरामीलाई मंगलबार दिउँसो ४ बजेसम्म ‘डिस्चार्ज’ हुन भनिएको छ। यस विषयमा अस्पतालमा सम्पर्क गर्दा टेलिफोन उठाएका कर्मचारी हरि त्रिपाठीले भने, 'बिरामीले अहिलेसम्म अस्पताल छाडिसक्नुभएको छैन। आ–आफ्नो व्यवस्था गर्दै हुनुहुन्छ।'


 

प्रकाशित मिति: : 2021-05-11 20:37:00

प्रतिकृया दिनुहोस्