बचाउन सकिनेहरु पनि अक्सिजनको अभावमा गुमाउँदै छन् ज्यान, सरकार भन्छ– सबै नियन्त्रणमा छ

बाह्रखरी

काठमाडौँ

काठमाडौं । नेपालमा तीन करोड ३३ लाख जनसंख्या छ । कोरोना महामारीले विश्व आक्रान्त छ । पछिल्लो एक महिनाको तथ्यांक हेर्ने हो नेपाल सार्क राष्ट्रमा कोरोनाका सक्रिय संक्रमितको संख्यामा भारतभन्दा अघि छ ।

मृत्युदर बढ्दो छ । तीन करोड जनसंख्यामा हालसम्म २६ लाख ५२ हजार १३० जनाको पीसीआर परीक्षण गरिएको छ । जसमा चार लाख तीन हजार बढीमा कोरोना पोजिटिभ देखिएको छ । त्यसमध्ये तीन हजार ८६९ जनाले ज्यान गुमाएका छन् । दुई सातायता मृत्युदर उकालो लागेको छ ।

शव व्यवस्थापनमा चुनौती थपिएको छ । आर्यघाटमा संक्रमितको शव व्यवस्थापन गर्न भ्याइनभ्याइ छ । झट्ट हेर्दा भारतमा महामारीका कारण शव जलाएको दृश्य जुन सामाजिक सञ्जालमा भाइरल भएको छ, नेपालका आर्यघाटको दृश्य पनि उस्तै देखिन्छ । पछिल्लो २७ दिनमा ८०१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

यो दैनिक २९ जना हुन आउँछ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ९३ हजार बढी छन् । संक्रमणको तुलनामा निको हुने दर कम छ । लगातार संक्रमित थपिँदा अस्पतालले धान्न नसक्ने अवस्था छ । अस्पतालले विज्ञप्ति नै निकालेर नयाँ संक्रमितलाई भर्ना गर्न नसकिने बताइरहेका छन् ।

प्रकाशित मिति: : 2021-05-11 17:20:00

प्रतिकृया दिनुहोस्