रेम्डेसिभिर औषधिबारे सरकारको दोधारे नीति : सास्ती खेप्दै कोभिडका बिरामी

रातोपाटी

काठमाडौँ

ललितपुरका भूषण रत्न धाख्वा कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुने अवस्थामा पुगे । ३७ वर्षीय धाख्वालाई अवस्था बिग्रिदै गएपछि सानेपास्थित स्टार अस्पतालको आइसियुमा राखियो ।
उपचारमा संलग्न चिकित्सकले बिरामीका लागि रेम्डेसिभिर औषधि चलाउनुपर्ने भन्दै परिवारलाई औषधि ल्याउन भने । स्वास्थ्य मन्त्रालयले नपठाएको भन्दै अस्पतालले उक्त औषधि आफूसँग नरहेको बतायो । संक्रमित धाख्वाका बुवाले रेम्डेसिभिर औषधिका लागि चिनेजानेका अस्पताल र आफन्त गरी धेरैसँग सम्पर्क गरे तर औषधि पाउन सकेनन् । 

छोराको अवस्था देखेर उनी कालो बजारीमार्फत भए पनि रेम्डेसिभिर किन्न तयार थिए । छोराको ज्यान बचाउन भन्दै उनले आफन्तसँग जति मूल्य परे पनि किन्न तयार रहेको भन्दै हारगुहार गरिरहे ।

साँझमात्रै उनले नाम चलेका एक व्यक्तिको पहुँचका आधारमा जम्मा दुई भाइल रेम्डेसिभिर पाए । तीन हप्ता यता धाख्वाका परिवारजस्तै सयौँ मानिसले रेम्डेसिभिर औषधिका खारिदका नाममा यस्ता सास्ती खेप्नु परिरहेको छ ।

प्रकाशित मिति: : 2021-05-11 17:08:00

प्रतिकृया दिनुहोस्