खनाल–नेपाल पक्षको राजीनामाबिना काँग्रेस–माओवादीलाई बहुमत जुटाउन मुस्किल

रातोपाटी

काठमाडाैं

राष्ट्रपतिबाट दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान भएअनुसार दलहरु संसदीय अंकगणितको लेखाजोखा गर्न थालेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत हासिल गर्न नसके पनि नयाँ सरकार गठनका लागि बहुमत जुटाउन दलहरुलाई पनि सहज देखिँदैन।

प्रतिनिधिसभाको तत्काल कायम सदस्य संख्या २७१ हो। नेकपा माओवादी केन्द्रका चार सांसद कारवाहीमा परेसँगै प्रतिनिधिसभा सदस्य संख्या २७१ मा सीमित भएको हो।

रेशम चौधरी, विजयकुमार गच्छदार लगायत अन्य चार सांसद भने निलम्बनमा छन्। उनीहरु संसदीय बैठक तथा मतदान प्रक्रियामा सहभागी हुन पाउँदैनन् तर उनीहरुको सिट रिक्त मानिने छैन।

त्यसैले पनि नयाँ सरकार गठनका लागि कुल २७१ सांसद संख्याको बहुमत अर्थात् कम्तीमा १३६ सांसदको समर्थन आवश्यक पर्छ। बहुमतको यो आँकडा पार गर्नका लागि अहिलेको अवस्थामा न केपी शर्मा ओलीका लागि सहज छ, न त विपक्षी गठबन्धनका लागि नै यो सम्भव देखिन्छ।

प्रकाशित मिति: : 2021-05-11 12:32:00

प्रतिकृया दिनुहोस्