विश्वासको मत नपाए मार्ग प्रशस्त गर्दिन्छु: प्रधानमन्त्री ओली

Photo - RSS
Photo - RSS

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विश्वासको मत नपाएमा मार्ग प्रशस्त गर्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकका क्रममा छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफूले अस्थिरताको लागि नभई स्थिरताको लागि विश्वासको मत मागेका बताएका छन्।

‘संसदले सुविचारित ढंगले निर्णय गरोस्। संसदले विश्वास गर्दैन भने मैले मार्ग प्रशस्त गर्नेछु’, प्रधानमन्त्री ओलीले भने, ‘प्रतिपक्षले बाहिर बसेर हल्ला गर्ने तर, आफुविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नसकेपछि आफैँले विश्वासको मत मागेका हुँ।’

प्रकाशित मिति: : 2021-05-10 17:10:00

प्रतिकृया दिनुहोस्