महन्थ ठाकुरले भनेः 'प्रधानमन्त्रीले हाम्रा केही कुरा सुन्नुभयो'

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावको पक्ष वा विपक्ष दुवैमा नभएको बताएका छन्।

उनले प्रधानमन्त्रीलाई संविधानको धारा ७६ ले कमजाेर बनाएको समेत बताएका छन्। उनले भने, 'यसरी देश चल्दै अल्पमतमा परेको सरकारले कसरी बजेट ल्याउन सक्छ?'

ठाकुरले संविधान र लोकतन्त्र आएपनि आफ्ना नेता कार्यकर्ता आजपनि जेलभित्र भएकोले प्रस्तावको पक्ष/विपक्ष उभिने स्थिति नभएको बताए।

'हाम्रा केही कुरा प्रधानमन्त्रीले सुन्नुभयो र केही नेता कार्यक्रता छुट्नु यो अरु पनि छुट् पर्छ हामी सबै हिसाबले विभेदमा परेका छौ त्यसैले हामी कुनै पक्षमा मत दिन नसक्ने अवस्थ्मा छौ,' ठाकुरले भने।

प्रकाशित मिति: : 2021-05-10 15:43:00

प्रतिकृया दिनुहोस्