बन्द कोठाभित्र छ फिट दुरीमा बस्दा कोरोना भाइरस सर्छ कि सर्दैन?

सेतोपाटी

काठमाडाैं

बन्द कोठा वा हलभित्र निश्चित दुरीमा बस्दा कोरोना भाइरस सर्छ कि सर्दैन?

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रको नयाँ सार्वजनिक निर्देशिकालाई आधार मान्ने हो भने छ फिटभन्दा बढी दुरीसम्म पनि कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ। 

केन्द्रले नयाँ वैज्ञानिक अनुसन्धान उद्धृत गर्दै आफ्नो निर्देशिका संशोधन गरेको अमेरिकी अखबार न्यूयोर्क टाइम्सले लेखेको छ।

केन्द्रले नयाँ वैज्ञानिक अनुसन्धान उद्धृत गर्दै आफ्नो निर्देशिका संशोधन गरेको अमेरिकी अखबार न्यूयोर्क टाइम्सले लेखेको छ।

‘हावाबाट सर्ने यो भाइरस छ फिटभन्दा बढी दुरीसम्म फैलिनसक्छ,’ केन्द्रले शुक्रबार संशोधन गरेको सार्वजनिक निर्देशिका उद्धृत गर्दै न्यूयोर्क टाइम्स लेख्छ, ‘संक्रमित व्यक्तिबाट छ फिटभन्दा टाढा बसेका व्यक्तिलाई पनि रोग सर्नसक्ने जोखिम उत्तिकै हुन्छ।’

यस्तो जोखिम बन्द कोठामा अझ बढी हुने अध्ययनले देखाएको छ। त्यस्ता ठाउँमा हावाको पर्याप्त आवागमन नहुने भएकाले भाइरसका कण लामो समय हावामा थुप्रिएर बस्न सक्छन्। कोही व्यक्तिले त्यही हावामा सास फेर्यो भने ऊ संक्रमित हुने जोखिम बढ्छ।

प्रकाशित मिति: : 2021-05-10 12:07:00

प्रतिकृया दिनुहोस्