ओलीलाई माधव समूहले दिएको समय सकियो, सामूहिक राजीनामाको तयारी

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा (एमाले) माधव नेपाल समूहले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको ‘अल्टिमेटम’को समय सकिएको छ।

माधव समूहले आफ्नो माग पूरा गर्न लागि सोमबार बिहान ९ बजेसम्मको लागि ‘ अल्टिमेटम’ दिएका थिए।

उक्त समय अवधिमा प्रधानमन्त्री ओलीले आफूहरूले राखेका मागमा प्रतिक्रिया नजनाएपछि सामूहिक राजीनामाको बाटोमा जाने तयारी गरेका हुन्।

अहिले माधव समूहका सांसदहरु सिंहदरबारमा जम्मा भएका छन्। केही समय बैठक बसेर कठोर निर्णय लिइने तयारी भएको नेता योगेश भट्टराईले बिएल नेपाली सेवालाई जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिँदैछन्। त्यो भन्दा अघि नै उनीहरु सामूहिक राजीनामा दिने तयारीमा जुटेका हुन्।

प्रकाशित मिति: : 2021-05-10 10:18:00

प्रतिकृया दिनुहोस्