अस्पतालमा बेड र अक्सिजन छैन, होम आइसोलेसनमै निधन हुनेको शव उठ्नै दुईदिन लाग्छ

रातोपाटी

काठमाडौं

बुटवल । बुटवल प्रादेशिक अस्पतालको फिबर क्लिनिकको बाहिर एक महिला टाउकोमा हात राखेर भक्कानिँदै रुन्छिन् तर उनको रुवाई सुन्ने कोही छैन । 

कपिलवस्तुबाट ४० वर्षका श्रीमानलाई उपचारका लागि ल्याएकी उनले अक्सिजन अभावमा श्रीमान् गुमाइन् । श्रीमानको शव घर लैजान पाए हुन्थ्यो भन्छिन् उनी तर उनको पीडा कसले बुझिदिने ? कपिलवस्तुबाट बुटवलसम्म ल्याएर बल्ल बल्ल फिबर क्लिनिकमा उनका श्रीमानलाई राखिएको थियो ।

लुम्बिनी अस्पतालको इमर्जेन्सी कक्षलाई हाल फिबर क्लिनिक बनाइएको छ । त्यहीँ उनका श्रीमान्ले प्राण त्याग गरेका थिए ।बुटवलको कोरोना अस्पताल र फिबर क्लिनिकमा गरी १२५ जना बिरामीको उपचार भइरहेको छ । तर सबै बेड भरिएपछि अस्पतालले भर्नाका लागि सोर्सफोर्स नलगाउन आग्रह  गर्दै सूचनापाटीमा सूचना टाँसेको छ ।

प्रकाशित मिति: : 2021-05-09 13:36:00

प्रतिकृया दिनुहोस्