कोभिड महामारीमा चीन–भारत सहकार्यको सकस

गत बुधबार भारतीय विदेशमन्त्री एस. जयशंकरले भारत–चीन सम्बन्ध एक ‘कठिन चरण’बाट गुज्रिरहेको बताए। चीनले बिनासल्लाह चिनियाँ सेनाको ठूलो हिस्सा एलएसी (लाइन अफ एक्चुअल कन्ट्रोल)मा वा नजिक तैनाथ गरेको जयशंकरको आरोप थियो। यद्यपि, जयशंकरले चिनियाँ समकक्षी वाङ यीसँगको कुराकानीमा भने भारतका केही कम्पनीले सामान आयातमा भोगिरहेको कठिनाइबारे बताएका थिए।

जयशंकरको यो भनाइले चीन–भारत सम्बन्धमा भारतका उच्चस्तरीय अधिकारीहरूको मनोदशा झल्काउँछ। यसले देखाउँछ, दुई मुलुकको सम्बन्धलाई सामान्यीकरण गर्ने पाटोमा भारतीय अधिकारीहरू निराशावादी दृष्टिकोण राख्छन्। अहिलेको चीन–भारत सम्बन्धलाई कठिन अवस्थामा रहेको बताउन सकिन्छ। राजनीतिक आदानप्रदान र आपसी विश्वासमा गम्भीर अवरोध पैदा भएको छ।

आर्थिक र सांस्कृतिक आदानप्रदान पनि प्रभावित भएको छ। यद्यपि, दुवै पक्षको सीमाबाट सेना हटाउने प्रक्रिया अझै जारी छ। तर, चीन–भारत सीमाको पश्चिमी भागमा रहेका बाँकी मुद्दा पूर्ण रूपमा समाधान भएका छैनन्।

प्रकाशित मिति: : 2021-05-09 07:30:00

प्रतिकृया दिनुहोस्