टर्दै गयो आश्वासन, टाढिन थाले मधेसकेन्द्रित दल

थाहा खबर

काठमाडौँ

  रमेश पराजुली

प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा बहुमत पुर्‍याउन मुस्किल पर्ने देखिएको छ। विपक्षीबाट ओलीविरुद्ध घेराबन्दी भइरहँदा ओली मुस्किलमा छन्। 

पार्टीभित्रबाटै माधव नेपाल समूहले मोर्चाबन्दी गरिरहेका बेलामा ओलीले आस गरेको जनता समाजवादी पार्टी जसपाबाट समेत पर्याप्त मात्रामा मत नपाउने भएपछि ओली अल्पमतमा पर्ने निश्चितप्रायः छ।  

ओलीले आफ्नो समूहको माग सम्बोधन नगरे विश्वासको मत दिनुअघि नै सामूहिक राजीनामा दिने या बैठकमा अनुपस्थित हुनेसम्मको योजनामा माधव समूह छ। यद्यपि पार्टी एकताका लागि भन्दै दोस्रो तहका नेताहरू आन्तरिक छलफलमा छन्। 

दुवै पक्षका दोस्रो तहका नेताहरू विभिन्न कोणबाट वार्तामा बसेका भए पनि सहमति बन्न सकेका छैनन्। 

यता ओली जसपाभित्रको साविक राष्ट्रिय जनता पार्टी (राजपा) पक्षलाई आफ्नो पक्षमा ल्याउन प्रयासरत थिए। तर अब ओलीको परिश्रम पनि खेर जाने देखिन्छ।जसपा संघीय परिषद् अध्यक्ष  बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यावद ओलीको विपक्षमा थिए नै तर, नेता महतोले पनि ठाकुरको साथ छाड्ने देखिन्छ। 0

ओलीले आफ्नो माग सम्बोधन गरेको खण्डमा सहयोग गर्न सकिने बताउँदै आएका ठाकुर नेता महतोले साथ छाडेपछि थप अन्योलमा परेका हुन्। 

अध्यक्ष ठाकुरले ओलीसँग अदालतबाट जन्मकैदको फैसला पाएका सांसद रेशम चौधरी रिहा, संविधान संशोधनलगायत माग राख्दै आएका छन्। यद्यपि ओलीले मधेश तथा थरुहट आन्दोलनका १२० जनाको मुद्दा फिर्ता भने लिइसके।

पार्टीभित्रको विवादले गाँजेको ओलीलाई सहमति बने पनि संसदमा विश्वास मत पाउने सम्भावना टर्दै गएको छ। 

प्रकाशित मिति: : 2021-05-08 21:51:00

प्रतिकृया दिनुहोस्