सांसद खिमविक्रमसँग अन्तर्वार्ता : बिरामी हुँदा विपक्षीले बदनाम गरे, तर अविश्वासमै भोट हाल्छु

शिलापत्र

काठमाडौँ

 अनुप पौडेल

गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही पछिल्लो १० दिनयता चर्चामा छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मत विभाजन हुने दिनमै सम्पर्कविहीन भएपछि सांसद शाही पार्टी नीतिविपरीत गएको भन्ने धेरैको आशंका छ ।

१५ वैशाखमा मतदानकै दिन सम्पर्कविहीन भएका उनी सोही साँझ अस्पतालमा भेटिए । एक्कासि बिरामी परेर आफू अस्पताल भर्ना हुनुपरेको उनले वक्तव्यमार्फत जनाएका थिए । उनलाई कोरोना भाइरस भएको रिपोर्ट सार्वजनिक भएको थियो । 

अस्पतालले अवस्था गम्भीर रहेको भन्दै भेट्न नदिए पनि उनी चार दिनमै डिस्चार्ज भए । गत १९ वैशाखमा अस्पतालबाट डिस्चार्ज भएका सांसद शाही अहिले पोखराकै एउटा होटलमा बसेका छन् । सांसद शाहीको कोरोना भाइरस रोग कोभिड १९ को रिपोर्ट शुक्रबार नेगेटिभ आएको छ ।

९ दिनमा कोरोनामुक्त भए सांसद खिमविक्रम

२७ वैशाखमा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुँदैछ । सांसद शाहीले आफू सरकार जोगाउने पक्षमा नरहेको र अविश्वास प्रस्तावमै मत हाल्ने बताएका छन् ।

शिलापत्रसँग शनिबार दिउँसो कुरा गर्दै उनले मत विभाजन हुँदा पार्टीको नीतिविपरीत नजाने दाबी गरे । उनको पार्टी केन्द्रीय कमिटीले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएको छ ।

प्रस्तुत छ सांसद शाहीसँग शिलापत्रकर्मी अनुप पौडेलले गरेको कुराकानीः

 

प्रकाशित मिति: : 2021-05-08 21:48:00

प्रतिकृया दिनुहोस्