'कोभिड-१९ नियन्त्रणमा!' भन्ने प्रधानमन्त्रीको दाबीलाई यसरी गिज्याइरहेछ तथ्यांकले

पहिलोपोष्ट

काठमाडौँ

विधुर ढकाल

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय मिडियासँगको अन्तर्वातामा 'नेपालमा कोभिड-१९ नियन्त्रणमा रहेको' बताउँदै प्रस्तुत गरेका विवरणलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले भने गिज्याइरहेको छ।

अस्पतालमा अक्सिजनको अभावमा विरामीहरु मर्न थालेका छन्। जनप्रतिनिधि नै अस्पतालमा बेड नपाएर एम्बुलेन्समै मरेका घटना सार्वजनिक भएका छन्। प्रधानमन्त्रीले भने सीएनएनलाई स्काइप मार्फत् अन्तर्वाता दिँदै स्थिति नियन्त्रणमा रहेको दाबी प्रस्तुत गरे।

शुक्रवारमात्र नेपालमा ९ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको थियो। साथै ५० जनाको मृत्यु भएको थियो। संक्रमणले दैनिक रेकर्ड कायम गर्दा मृत्युदरले पनि उकालो लगाएको छ। सक्रिय संक्रमित पनि दिनहुँद हजारौँले बढिरहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रवार अपराह्नको अद्यावधिक रिपोर्ट अनुसार हाल ७७ वटै जिल्लामा सक्रिय संक्रमित रहेका छन्। नेपालमा हालसम्म तीन लाख ७७ हजार ६०३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएकोमा हाल ७८ हजार ६२९ जनामा सक्रिय संक्रमित रहेका छन्। जुन कूल संक्रमितको २०.८ प्रतिशत हो।

त्यस्तै, हालसम्म नेपालमा तीन हजार ५७९ जना संक्रमितको मृत्यु भइसकेको छ। जुन कूल संक्रमितको ०.९ प्रतिशत हो। हालसम्म नेपालमा कुल संक्रमितको ७८.२ प्रतिशत संक्रमण मुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

प्रकाशित मिति: : 2021-05-08 17:27:00

प्रतिकृया दिनुहोस्