महामारीले पिल्सिएका नागरिकमाथि हेलिकोप्टर कम्पनीको अत्याचार, आफैँले तोकेको भाडाभन्दा दुई–तीन लाख बढी असुली

उड्डयन प्राधिकरण भन्छ– उजुरी परे कारबाही गर्छौँ

उपचारबाट पन्छिएको सरकार अनुगमनको जिम्मेवारीबाट पनि अलग : सिटी बसले दुई रुपैयाँ भाडा असुली गर्दा स्वाभाविक कारबाहीमा उत्रिने सरकार हेलिकोप्टर कम्पनी आफैँले तोकेभन्दा दुई–तीन लाख बढी भाडा असुल्दा मूकदर्शक

महेन्द्रनगर उच्च अदालतको दिपायल इजलासका न्यायाधीश कृष्णलाल भट्टराईलाई कोभिड संक्रमण भएपछि महाकाली अस्पतालको आइसियू बेडमा उपचार भइरहेको थियो, तर स्वास्थ्यमा सुधार नभएपछि अघिल्लो बुधबार काठमाडौंबाट हेलिकोप्टर मगाइयो। उनलाई राजधानी पु¥याउन हेलिकोप्टर भाडा मात्र नौ लाख लाग्यो। काठमाडौंको करुणा अस्पतालमा उपचारपछि भट्टराई अहिले आराम गरिरहेका छन्। 

न्यायाधीश भएकाले हेलिकोप्टरमा लागेको नौ लाख भाडा सरकारले तिरेको छ। तर, विपन्न जनताले यत्रो पैसा कहाँबाट तिर्ने ? यसै पनि कञ्चनपुरबाट काठमाडांैसम्मको हेलिकोप्टर भाडा ६ हजार पाँच सय डलर (सात लाख ६७ हजार) तोकिएको छ। तर, विमानसेवा सञ्चालक संघ आफैँले तोकेकोभन्दा डेढ बढी लाख भाडा असुल गरेर हेलिकोप्टर कम्पनीहरूले जनतामाथि अत्याचार गरिरहेका छन्। उपचारबाट हात झिकेको सरकार हेलिकोप्टर कम्पनीले उद्धारका नाममा अत्याचार गर्दा मूकदर्शक छ। 

प्रकाशित मिति: : 2021-05-08 06:39:00

प्रतिकृया दिनुहोस्