प्रधानमन्त्री ओलीका दुई रणनीति: माधव नेपाल पक्षको सामूहिक राजीनामा गराउने, विपक्षीलाई बहुमत पुर्‍याउन नदिने 

शिलापत्र

काठमाडौं

२२ वैशाख अपराह्न कांग्रेस सभापति शेरबहादुर देउवासँग संवाद गर्न पुगेका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली आफ्नै नेता माधव नेपालसँग संवाद गर्न कोटेश्वर आएको भए के हुन्थ्यो ? 

‘हो, यही प्रश्न गरेको हो हामीले महासचिव ईश्वर पोखरेललाई’ नेपालनिकट नेता गणेश पहाडीले भने ।

दिउँसो महासचिव पोखरेलसँग भेटेका पहाडीले पार्टीका शीर्ष नेताहरू संवादमा जोडिएर सहमति खोज्नुको विकल्प नरहेकाे ठान्छन् । महासचिव पोखरेलले हिजो नेपालनिकट नेता योगेश भट्टराईलाई भेटका लागि सिंहदरबार बोलाएका थिए, त्यो भेटमा पहाडीसमेत सहभागी थिए । 

राजनीतिक बजारमा नेपालनिकट नेता भट्टराई, गोकर्ण विष्ट र सोमप्रसाद पाण्डेसहितका केही नेताहरूले  नेपाल समूहमा छुट्टै समूह बनाएको र ओलीसँग निकट हुन खोजेकाे चर्चाकै बेला महासचिव पोखरेलले भट्टराई र पहाडीसँग भेट्न खोजेका हुन् ।

केपी ओली, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतका नेताहरूबीच संवाद नहुने र तलका नेताहरूलाई मात्रै फकाउने कुराले निकास दिँदैन भन्नेमा पहाडी सहमत छन् । र, त्यही कुरा पोखरेललाई दोहोर्‍याएका छन्, जसले प्रस्ट पार्छ राजनीतिक वृत्तमा चर्चा गरिएजस्तो भट्टराई तत्काल ओलीको पक्षमा लाग्दैनन् । 

प्रकाशित मिति: : 2021-05-06 18:28:00

प्रतिकृया दिनुहोस्