ई–सेवा र पेरू रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता, अष्ट्रेलियाबाट रेमिट्यान्स पठाउन सहज

ई–सेवा मनी ट्रान्स्फर र अष्ट्रेलियाको चर्चित रेमिट्यान्स कम्पनी पेरू रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। सम्झौतासँगै अष्ट्रेलियामा रहेका नेपालीहरूलाई रेमिट्यान्स भुक्तानी गर्न अझ सहज हुने भएको हो।

नेपालीले आफ्नो कम्युटर तथा मोबाइलबाटै कम लागतमा आफ्नो बैक खातामा तथा ई–सेवा वालेमा रियल टाइममा  रेमिट्यान्स पठाउन सकिने छ। साथै पेरू रेमिटमार्फत् पठाएको रकम इसेवा मनि ट्रान्सफरको देशभर रहेका आठ हजार भन्दा बढी एजेण्ट सञ्जालबाट पनि भुक्तानी लिन सकिनेछ।

सम्झौतापछि इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले भने, ‘पेरू रेमिटसँगको सहकार्यले गर्दा हामीलाई अष्ट्रेलियामा रहेका नेपाली दाजुभाइलाई नेपालमा पैसा पठाउने भरपर्दो माध्यम बनेको छ। यो सम्झौताले अन्तर्राष्ट्रिय विपे्रषणलाई डिजिटलाइज गर्ने तथा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धतामा थप टेवा पु-याउने छ।’

पेरू रेमिटका प्रबन्ध निर्देशक ईश्वर दाहालले भने, ‘अष्ट्रेलिया बसी हामी नेपालीले नेपालमा आफ्ना आफन्तलाई पैसा पठाउँदा व्यहोर्नुपर्ने झञ्झट र पुग्छ की पुग्दैन भन्ने डरलाई प्रविधिको प्रयोगबाट सुरक्षित सरल र वैधानिक माध्यमको रूपमा नेपाल पैसा पठाउन नेपालकै एक अग्रणी फिनटेक इसेवासँग सहकार्य गरी पेरू रेमिट अष्ट्रेलियाको रेमिट्यान्स् सेवा लिएर तपाईँहरूको सेवामा आएका छौँ। साथै विभिन्न गैरकानुनी ढंगबाट देशमा भित्रिने रेमिट्यान्स्लाई वैधानिक तवरले भित्राउँदा देशको अर्थतन्त्रमा पनि केही टेवा पुग्ने आशा राखेको छु।’

पेरू रेमिट अष्ट्रेलियामा आधारित रहेर रेमिट्यान्स कारोबार गर्ने कम्पनी हो, जहाँबाट अष्ट्रेलियामा रहेका नेपालीहरूले सहज, सुरक्षित र कम लागतमा रेमिट्यान्स् पठाउन सकिन्छ। पेरू रेमिटले डिजिटल माध्यमबाट छिटो, सस्तो र सुरक्षित तवरले रेमिट्यान्स पठाउन सकिने सेवा दिँदै आएको छ।

इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ।

ईसेवा सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।

प्रकाशित मिति: : 2021-05-06 16:34:00

प्रतिकृया दिनुहोस्