अन्तर्राष्ट्रिय बैज्ञानिक भन्छन्- 'नेपालकाे केही ताल जुनसुकै बेला फुट्न सक्छन्'

जाेखिममा रहेकाे केरुङ छ्यो ताल

पछिल्लो समय तीब्र गतिमा हिमाली क्षेत्रको हिउँ पग्लिन थालेपछि तालको संख्या तथा तालमा रहेको पानीको स्तर बढ्न थालेको बैज्ञानिक तथ्यांकले बताएको छ।

यसले तालको आकार पनि फेरिन थालेको तथा बाढीको खतरा बढेको बैज्ञानिकहरूको तर्क छ। तालको आकार र पानीको आयतन बढेसँगै अहिले नदीको छेउछाउमा बसेको बस्तीहरू उच्च जोखिममा परेका छन्।

बेलायत, अस्ट्रिया र पेरूसमेत विश्वका थुप्रै विश्वविधालयका बैज्ञानिकहरूले गरेको गहन अध्ययन तथा अनुसन्धानमा नेपाललगायत चीन र भारतमा ताल फुटेर आउनसक्ने बाढीको प्रकोपले थुप्रै बस्ती तहसनहस हुने चेतावनी दिइएको छ।

बैज्ञानिकका अनुसार ३० वर्षयता विश्वमा ५० प्रतिशतले तालको संख्या बढेको छ। उनीहरूले रिमोट सेन्सिङ र सेटलाइटमार्फत यी तीन देशका करिब ३६ सय २४ हिउँको पहाड पग्लिदा बनेको ताल पत्ता लगाएका छन्।

यसमा सबैभन्दा बढी ताल नेपालमा पर्छ। नेपालमा २ हजार ७० ताल छन्, जुन कोशी, गण्डकी र कर्णाली नदीको बेसिनमा बसोबास गर्ने नेपालीहरूका लागि खतराको घण्टी हो। चीनमा यस्तै, १५ सय ९ र भारतमा ४५ ताल पत्ता लागेको छ। चीन र भारतमा यो ताल तिब्बती क्षेत्रमा निर्माण भएको छ।

एक्सटर विश्वविधालयका जलवायु परिवर्तनसम्बन्धि विशेषज्ञ प्रोफेसर स्टिफन हेरिसन भन्छन्, ‘केही ताल खतरनाक अवस्थामा छन्। जसको भविस्यवाणी गर्नु कठिन छ। यी कुनै पनि बेला फुट्न सक्छन्। एडिज र हिमालय पर्वत शृंखला उच्च खतराको बिन्दुमा छ।’

प्रकाशित मिति: : 2021-05-06 06:17:00

प्रतिकृया दिनुहोस्