२५ वर्षीया महिलाले एकैपटक जन्माइन् नौं बच्चा !

एजेन्सी

काठमाडौँ
Sanchar Asia
Sanchar Asia

अफ्रिकी देश मालीमा एक महिलाले ९ जना बच्चा जन्माएकी छिन्। हालिमा सिसे नाम गरेकी २५ वर्षीया महिलाले ५ छोरी र ४ छोरालाई जन्म दिएकी हुन्।

मालीको स्वास्थ्य तथा सामाजिक विकास मन्त्री डाक्टर फान्ता सिबेले मंगलबार एक विज्ञप्ति जारी गर्दै मोरोक्कोको एक अस्पतालमा ती महिलाले ९ बच्चा जन्माएको जानकारी दिएकी छिन्।

यसअघि गरिएको अल्ट्रासाउन्डमा उनको पेटभित्र सात वटा बच्चा रहेको देखिएको थियो। हाल ती महिला र बच्चाहरुको स्वास्थ्यवस्था राम्रो रहेको बताइएको छ। डाक्टरहरूले एकै पटक ९ बच्चा जन्मिनु दुर्लभ घटना भएको भन्दै आमा र सबै बच्चाहरूलाई बचाउनु चुनौतीपूर्ण हुने बताएका छन्।

प्रकाशित मिति: : 2021-05-05 13:19:00

प्रतिकृया दिनुहोस्