
बिएल संवाददाता
मालीको मध्य भागमा सन्दिग्ध जिहादीहरूले छ दिनअघि अपहरण गरेका ११० जनाभन्दा बढी सर्वसाधारण अझै उनीहरूको नियन्त्रणमा रहेको स्थानीय स्रोतले सोमबार जानकारी दिएको छ।
गत अप्रिल १६ मा ‘जिहादी’हरूले नागरिक बोकेका तीनवटा बसलाई रोकी ती सवारी साधन र यात्रुहरूलाई बन्दिगारा र बनकासको बीचमा रहेको जङ्गलतर्फ जान बाध्य पारेका स्थानीय प्रशासनले जनाएको छ।
निर्वाचित स्थानीय जनप्रतिनिधि उमर ओन्गोइबाले एएफपीसँग भने, 'हामी जिहादीहरूले मङ्गलबार अपहरण गरेका तीन बसका ११० भन्दा बढी यात्रुहरूको रिहाइको माग गर्दछौं।'
सुरक्षाको कारण देखाउँदै नाम नबताउने शर्तमा बन्दिगराका एक निर्वाचित अधिकारीले भने, 'जिहादी समूहका लडाकूले कब्जामा लिएका १२० भन्दा बढी यात्रु र तीनवटा बस अझै पनि उनीहरूको कब्जामा छन्।'
मालीमा सन् २०१२ देखि अलकायदा र इस्लामिक स्टेट समूहसँग सम्बन्धित विभिन्न समूहका साथै स्वघोषित, आत्मरक्षा बल र डाकुहरूले आक्रमण गर्दै आएका छन्। मानवीय र राजनीतिक सङ्कटका कारण बिग्रँदो सुरक्षा अवस्था जटिल बनेको छ।
सत्ता कब्जा गरी सैन्य शासन लागु गरिएका माली, छिमेकी मुलुक बुर्किना फासो र नाइजरमा स्वघोषित, आत्मरक्षा बल र डाकुहरूले आक्रमण गर्ने गरेका र सर्वसाधारणले हिंसात्मक गतिविधिको सामना गर्नुपरेको छ।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया