मेयर फागोद्वारा फुटबलको रकम हिनामिना! 

उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो हरेकजसो सार्वजनिक कार्यक्रममा भ्रष्टाचारको प्रसंग उठाउने गर्छन्।

मेयर भएको तीन वर्ष वितिसक्दा पनि उनको कथन उस्तै छ। भन्छन्– ‘म एक पैसा पनि हिनामिना गर्दिन, अरुले गरेको छ भने त्यसलाई पनि छाड्दिन।’ उनको कार्यकाल शुरु भएयता आर्थिक अपारदर्शिताले उर्लाबारी नगरपालिका आक्रान्त छ।

जनप्रतिनिधिको तीन करोड बढी रकम बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक भैसकेको छ। यद्यपि फागोले स्थानीय युवा जागरण नामको संस्थाको कार्यक्रममा नगरपालिकामा १२ करोड रकम बेरुजु रहेको अभिव्यक्ति दिएका थिए।

मेयर फागोकै अगुवामा स्थानीय सोल्टी र मिक्लुक खोलामा भएको प्राकृतिक स्रोत दोहनको प्रतिवेदन सार्वजनिक हुने क्रममा छ। भ्रष्टाचारको विरुद्धमा उग्र अभिव्यक्ति दिएपनि पछिल्लो पटक  मेयर फागोतिरै भ्रष्टाचारको तीर सोझिएको छ। उनले आफै संयोजक रहेको दुई वटा समितिको हिसाब बर्षौसम्म गुपचुप राखेको खुल्न आएको छ। 

उर्लाबारीमा उपेन्द्र थापा स्मृति गोल्डकप फुटबल प्रतियोगिता र माइक्रो वस काउण्टरको संयोजक रहेका फागोले ति समितिको कोषमा रहेको हिसाब सार्वजनिक नगरेका हुन्।

उर्लाबारीका दिवंगत समाजसेवी उपेन्द्र थापाको स्मृतिमा नौ वर्ष अघि दोस्रोपटक गोल्डकपको आयोजना भएको थियो। उर्लाबारी युवा क्लब र इनिग्मा गाइजको संयुक्त आयोजनामा भएको प्रतियोगितामा फागो आयोजक समितिको संयोजक रहेका थिए। प्रतियोगितालाई निरन्तरता दिन र स्थायी कोष बनाउने हेतुले दोस्रो उपेन्द्र थापा स्मृति गोल्डकप फुटबल आयोजना भएको थियो। खेल संचालनबाट रु ५ लाख बचत भएपनि खेल संयोजक फागोले अझैसम्म सो हिसाब गुपचुप नै राखेका छन्।

स्रोतका अनुसार दोस्रो उपेन्द्र थापा स्मृति गोल्डकप फुटबलको रकम फागोले उर्लाबारीका सुन ब्यापारी प्रितम खड्गीकोमा  बचत गरेका छन्। फागोसंग निकट सम्बन्ध रहेका खड्गीलाई गोल्डकपको हिसाबका बारेमा सोधखोज गर्दा ‘तिमीहरु लाई किन हिसाब चाहियो ?’ भन्दै झोकिने गरेको उर्लाबारी यूवा क्लबका एक पदाधिकारीले नाम नबताउने सर्तमा भने।

आर्थिक अपारदर्शिता गरेको भनेर आफु इतरका मान्छेलाई सावैजनिक कार्यक्रमहरुमा लाञ्छित गर्ने गरेका मेयर फागोले नैतिकता भए ढिला नगरी फुटबलको हिसाब देखाउनुपर्ने क्लबका सदस्यहरु को भनाई छ। हिसाब सार्वजनिक नभएकैले उपेन्द्र थापा स्मृति गोल्डकपले दोस्रो संस्करणपछि निरन्तरता पाउन सकेको छैन। त्यसो त फागो मेयर भएयता उर्लाबारीमा फुटबलका ठुला प्रतियोगिताहरु हुनसकेका छैनन्। 

यस्तै, माइक्रो काउण्टरको ३ लाख बढी बचत रकम पनि कहाँ छ भन्ने बारे फागोले स्पस्ट पारेका छैनन्। हाल विघटित उर्लाबारी माइक्रो काउण्टरको ११ बर्ष अघि फागो आर्थिक संयोजक थिए।

उर्लाबारी चौकमा बिजुली बत्ति जडान गर्ने भन्दै काउण्टरमा संकलित रकम फागोले एकल रुपमा राखेको बताइन्छ। सरोकारवाला र संचारकर्मीले ती दुईवटा समितिको रकमको बारेमा सोधखोज गर्दा उल्टै मेयर फागोको  हप्किदप्कि खप्नुपर्ने भुक्तभोगिहरु बताउछन्।



उर्लाबारीका मेयर फागाे ‘फरार आरोपी’को सुचीमा !

प्रकाशित मिति: : 2021-05-04 16:04:00

प्रतिकृया दिनुहोस्