छटपटाउँदा बिरामी बाहिरै, शव भने तीन दिनसम्म बेडमै

सेती कोरोना विशेष अस्पताल धनगढीमा उपचार गराइरहेका कञ्चनपुरका ६२ वर्षीय एक पुरुषको बिहीबार बिहान निधन भयो। कुरुवा बसेका श्रीमती र छोरी आइसियू कक्षमा रुन थाले। उनीहरू शान्त हुन पाएका थिएनन्, दिउँसो शोकाकुल दिदीबहिनी आएर रुन थाले। अर्को दिन अर्थात् शुक्रबार टाढाका आफन्त आएपछि फेरि रुवाबासी भयो। शोकसन्तप्त आफन्त आउने, वेदना पोख्ने र जाने तीन दिनसम्म चहिरह्यो। बिहीबार मृत्यु भए पनि शनिबारसम्म शव आइसियू बेडमै थियो। 

मृत्यु भइसकेपछि शव किन उठेको छैन ? छिमेकी बेडका बिरामीका कुरुवाले सोध्दा अस्पताल प्रशासनले भन्यो, ‘मृतकको छोरा दिल्लीमा छन्, उता पनि लकडाउन भएकाले आउन समस्या भएको छ, छोरो आउनासाथ बेडबाट निकालिन्छ।’ शनिबार छोरा आएपछि मात्र अस्पताल र सेनाको समन्वयमा शव व्यवस्थापन भयो। 

पल्लो बेडमा अन्तिम सास लिइरहेको बिरामीको मृत्यु भयो, आफन्तहरू पालैपालो आएर रोइरहेका छन्। वल्लोपल्लो बेडमा भएका बिरामी यो सबै हेर्न बाध्य छन्। यसले उनीहरूलाई मनोवैज्ञानिक रूपमा कस्तो प्रभाव पा¥यो ? त्यो त छँदै छ। तर, तीन दिनसम्म आइसियू बेडमा रहँदा सिकिस्त बिरामीले भने बेड पाइरहेका छैनन्, बेडमा पुग्न नपाई उनीहरूको मृत्यु भइरहेको छ। शव उठाउने विषयमा स्पष्ट नीति नबन्दा अन्य धेरै अस्पतालमा शव बेडमा छन्, बिरामी बाहिर छन्। 

 

प्रकाशित मिति: : 2021-05-04 07:24:00

प्रतिकृया दिनुहोस्