बाह्रखरी
राजनीतिक वृत्तमा हुने गरेका भएका अनेकौँ अड्कलबाजी, आकलन र सम्भावनालाई सत्य बनाउँदै सोमबार गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन पदमुक्त गरिए । मन्त्रिपरिषदको सिफारिस राष्ट्रपतिले नमान्ने कुरै भएन । यसअघि झैँ दु्रत गतिमा नयाँ प्रदेश प्रमुख सीता पौडेललाई नियुक्त पनि गरिन् ।
जब राष्ट्रिय जनमोर्चा पार्टीले गण्डकी सरकारविरुद्ध दिएको समर्थन फिर्ता नलिने तर कसैले अविश्वासको प्रस्ताव ल्याउँछ भने त्यसको पक्षमा हस्ताक्षर गर्ने निर्णय लियो, त्यसपछि नै राजनीतिक घटनाका आकलन गरिएका थिए ।
सोमबार पदमुक्त भएका शेरचन माओवादी निकट हुन् । अहिलेको गण्डकीको राजनीतिक परिस्थितीलाई विश्लेषण गर्दा प्रदेश प्रमुखले सरकारको सिफारिस नमान्ने हुन कि भन्ने आशंकाकै कारण उनी हटाइएका हुन् । अर्कातर्फ केन्द्रमा एमाले र माओवादी केन्द्रको पनि चिसो सम्बन्ध छ । दुई दलको शक्तिसंघर्षको चेपुवामा परेका कारण पनि शेरचन डेढ वर्ष नबित्दै पदमुक्त भएका हुन् ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया