भक्तपुर लोकन्थलीका ४९ वर्षीय दिलबहादुर र उनका छिमेकी ४८ वर्षीय विजय ठिमीको आदर्श माध्यमिक विद्यालयमा १ कक्षादेखि नै सँगै पढेका हुन्।
सानैदेखि सँगसँगै हुर्केका उनीहरूले पेशा पनि एउटै रोजे, खेतीकिसानी। नजिकैको खेतमा भारोपर्म गर्दै मिलीजुली खेतीपाती गरे।
कतै जाँदा उनीहरू सँगै जान्थे। गज्जबको दोस्ती थियो। ३ दिन अगाडि पनि उनीहरूले सँगै खाजा खाएका थिए। रमाइलो गफ गरेका थिए।
तर शुक्रवार विजयलाई अलिअलि ज्वरो आयो। हल्का खोकी पनि लाग्यो। शनिवार बेलुका सिकिस्त भएर परिवारले ठिमी अस्पतालमा लगे।
त्यहाँ उपचार हुन नसकेपछि काठमाडौं मेडिकल कलेज रिफर गरियो। राति नै काठमाडौं मेडिकल कलेजमा भर्ना भए।
त्यहाँ उपचार हुन नसकेपछि काठमाडौं मेडिकल कलेज रिफर गरियो। राति नै काठमाडौं मेडिकल कलेजमा भर्ना भए।
दिलबहादुरको आँसु थामिएन। तर के गर्नु– ‘हुने हार, दैव नटार’ सत्यलाई नकार्न सकेनन्। उनी विजयका २ वटा छोरालाई सम्झाउन थाले।