सुनको मूल्‍य तोलामा चार सय बढ्यो

सुनको मूल्‍य तोलामा ४ सय रुपैयाँले बढेको छ।

आइतबार प्रतितोला ९० हजार रुपैयाँका कारोबार भएको छापावाल सुनको मूल्‍य सोमबार ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार प्रतितोला ८९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्‍य सोमबार ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ।

यस्तै आइतबार १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्‍य सोमबार १३ रुपैयाँ प्रतितोला कायम भएको छ ।

प्रकाशित मिति: : 2021-05-03 14:03:00

प्रतिकृया दिनुहोस्