महाव्याधिको चोटिलो सन्देश- अस्तित्वका लागि सामूहिक प्रयास

हिमाल खबर

काठमाडौं

कोरोना कहरको अहिलेको र यसपछिका उभारहरूबाट जो-जो बाँचेर निस्किनेछन्, उनीहरूले बुझ्नेछन् कि महामारीजस्तो संकटबाट पार पाउन सामूहिक प्रयास अनिवार्य छ। 

सन् २०२० को सेप्टेम्बरमा ‘द इकोनोमिस्ट’ले कोरोनाभाइरस संक्रमण महामारीको पहिलो लहरले सिकाएका पाठहरूको चर्चा गर्दैगर्दा दुई कुरा, राज्यको पूर्वाधार र संकटको समयमा डेलिभरी गर्ने क्षमताबीच ठूलो खाडल देखिएको बतायो। 

पूर्वाधार, स्रोतसाधन, अनुसन्धान र महामारी लगायत महासंकटसँग लड्ने तयारी समेत अन्य देशको तुलनामा बलियो भएका अमेरिका र बेलायतजस्ता मुलुकहरूलाई पहिलो लहरले थिलथिलो बनाउनुको कारण उक्त मुलुकहरूको व्यावहारिक क्षमता कमजोर रहेछ भन्ने निष्कर्ष निकालियो। अर्थात्, स्रोतसाधन हुनु एउटा कुरा रहेछ, संकटको बेला त्यसविरुद्ध उभिनसक्नु अर्काे कुरा रहेछ। नियन्त्रित अवस्थामा गरिएका तयारी, पूर्वाभ्यास र प्रक्षेपण वास्तविक संकटको अन्योलग्रस्त स्थितिमा असफल हुनसक्दो रहेछ। 

केही दिनअघि यसैको सेरोफेरोमा काठमाडौंमा आयोजित एक अनौपचारिक कार्यक्रममा बोल्दै गर्दा एक अर्थशास्त्रीले लख काटे– ‘नेपालका दशौं हजार महिला स्वास्थ्य स्वयंसेवीले कोरोना सम्बन्धी चेतना फैलाएर धेरैको ज्यान जोगाएको हुनुपर्छ।’
 

प्रकाशित मिति: : 2021-05-03 09:21:00

प्रतिकृया दिनुहोस्