निषेधाज्ञापछि सरकारको अबको रणनीति के हुनुपर्छ ?

रातोपाटी

काठमाडौँ

माया श्रेष्ठ 

नेपालमा कोरोनाभाइरस कोभिड–१९ को संक्रमण तीव्र गतिमा बढेपछि वैशाख १६ गतेदेखि देशका विभिन्न भागमा निषेधाज्ञा लगाइएको छ । कोरोना संक्रमणको चेन ब्रेक गर्न शनिबार साँझसम्म संक्रमण बढेका काठमाडौँ उपत्यका लगायत २९ जिल्लामा निषेधाज्ञा गरिएको हो । कोरोना संक्रमणको पहिलो लहरमा तीनजना संक्रमित हुँदा २०७६ चैत्र ११ गते सरकारले पहिलोपटक लकडाउन सुरु गरेको थियो । तर, लकडाउन खुलेको १४ दिनमै संक्रमणको दर ह्वात्तै बढेको थियो । यसपटक पनि सरकारले लकडाउनकै नीति अवलम्बन गरेको छ । तैपनि हरेक दिन संक्रमितको संख्या रेकर्ड दरमा वृद्धि भइरहेको छ ।

के अब हामीसँग भएको अन्तिम विकल्प लकडाउन र निषेधाज्ञा मात्र हो ? निषेधाज्ञा जारी गरेपछि सरकार गर्ने काम के–के हो ?  सरकारको अबको रणनीति के हुनुपर्छ ? जनस्वास्थ्यविद्हरुसँग हामीले सोधेका छौँः

निषेधाज्ञा संक्रमण रोक्ने हतियार होइन : डा. शरद वन्त, जनस्वास्थ्यविद् 

सबैभन्दा पहिले हामीले बुझ्नुपर्छ, निषेधाज्ञा पूर्णरुपमा कोरोना संक्रमण रोक्ने उपाय होइन । पहिलो लहरको संक्रमण र अहिलेको संक्रमणमा फरक छ । पहिलो लहरमा भन्दा दोस्रो लहरमा कोरोना संक्रमण दर तिव्र छ । अहिले लक्षण देखिने संक्रमित बढी छन् भने कम उमेरका बालबालिका तथा युवाहरूमा संक्रमण दर बढी छ । निषेधाज्ञा जारी गर्नु भनेको व्यक्तिहरुको सम्पर्कलाई न्यून बनाउन हो । तर, समूदायमा भएको संक्रमणको स्रोतलाई विस्तार हुन नदिनका लागि एक/दुई हप्ताको निषेधाज्ञाले संक्रमण दरमा कम आउँदैन ।

प्रकाशित मिति: : 2021-05-02 18:23:00

प्रतिकृया दिनुहोस्