नेकपा एमालेको आकस्मिक स्थायी कमिटी बैठक सकिएको छ।
बालुवाटारमा स्थायी कमिटीको आकस्मिक बैठक बोलाइएको थियो।
बैठकमा के के विषयमा छलफल भयो भन्ने बारे कुनै जानकारी दिइएको छैन।
बैठक सकिएलगतै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएको स्रोतले बताएको छ।
आजै लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शकंर पोखरेलले राजीनामा दिएर पुनः मुख्यमन्त्रीको सपथ ग्रहण लिदैछन्।