लुम्बिनी: पोखरेल पुनः मुख्यमन्त्री, आजै सपथ ग्रहण 

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेलले आजै मुख्यमन्त्रीको सपथ ग्रहण लिदैछन्। 

पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले एकल सरकार गठन गर्न राजीनामा दिएका हुन्।

उनी संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेका थिए।

संवैधानिक व्यवस्था

एमाले लुम्बिनी संसदीय दलको आज बिहान बसेकाे बैठकले पाेखरेललाई नै पुन:मुख्यमन्त्री बनाउने निर्णय गरेकाे हाे। 

माधव नेपालनिकट प्रदेश सभा सदस्यहरुले फ्लोर क्रस गर्न सक्ने आ‌कलन गर्दै पोख्रेलले निकै ठूलो चलाखी अपनाएका हुन्।

पोखरेलले आजै बेलुकी मुख्यमन्त्रीकाे सपथ ग्रहण लिने नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले जानकारी दिए।

जसपाले ४ जना सांसदलाई निष्काशन गरेसंगै प्रदेशसभामा एमालेको एकल बहुमत छ। एमाले बाहेकका दलहरुले सरकार गठन गर्न सक्ने छैनन्।



लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्।

पोखरेलले प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवसमक्ष राजीनामा बुझाएका हुन्। उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए।

प्रदेश सभाको बैठक आज दिउसो १ बजे बस्न लागेको छ। उनले प्रदेश सभाको बैठक बस्नु अघि नै राजीनामा दिएका हुन्।



लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले आज राजीनामा दिँदै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदवाट राजीनामा दिने भएका छन्।

मुख्यमन्त्री राजीनामा सन्दर्भमा अहिले एमाले लुम्बिनी संसदीय दलको बैठक बसिरहेको एमालेका एक प्रदेशसभा सदस्यले बिएल नेपाली सेवालाई जानकारी दिएका छन्।

बैठकमा उपस्थित ती प्रदेशसभा सदस्यका अनुसार मुख्यमन्त्री पोखरेलले आजै राजीनामा दिने सम्भावना रहेको छ। 

मुख्यमन्त्री पोखरलले केहीबेरमा प्रदेश प्रमुखलाई राजीनामा बुझाउँन लागेका हुन्। उनीविरुद्ध आज प्रदेशसभामा अविश्वास प्रस्ताव पेश हुने भएपछि राजीनामाको तयारी थालेका हुन्।



लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आजदेखि सुरु, मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव बारे छलफल हुँदै

प्रकाशित मिति: : 2021-05-02 10:08:00

प्रतिकृया दिनुहोस्