देश चलाउन विदेशमा पसिना : २० वर्षमा भित्रियो ८० खर्बको रेमिट्यान्स

शिलापत्र

काठमाडौँ

भागवत भट्टराई

ठूला औपचारिक कार्यक्रम गरेर मनाइने श्रमिक दिवस गत वर्ष र यस वर्ष पनि मानिसहरू घरभित्रै खुम्चिएर बस्नु परेका कारण सुनसान बन्यो । भलै प्रधानमन्त्री केपी ओलीले श्रमिक दिवसको शुभकामना दिँदै आगामी आर्थिक वर्षबाट श्रमिकको न्यूनतम ज्याला बढ्ने घोषणा गरिसकेका छन् । सरकारले उपलब्ध गराउने ज्याला भनिएको होइन उद्योगीहरूले उपलब्ध गराउने ज्यालाको अंक बढाउने प्रधानमन्त्री ओलीले घोषणा गरेका हुन् ।

तर, नेपाली श्रमिक आधाभन्दा बढी विदेशमा छन् । ती श्रमिकलाई सरकारले कसरी सम्बोधन गर्न सक्छ ? प्रधानमन्त्रीले खुलाएका छैनन् । तिनै श्रमिकले देश चलाउने पैसाका निम्ति परभूमिमा पसिना बगाउँदै छन् । पछिल्लो २० वर्षमा बैंकिङमार्फत अर्थात् वैधानिक बाटोबाट ८० खर्ब रुपैयाँ रेमिट्यान्स आएको छ । अहिले पनि धेरै रकम अनौपचारिक माध्यम वा हुन्डीमार्फत आउने गर्छ ।

कतिपय देशबाट औपचारिक रूपमा रकम पठाउने व्यवस्थासमेत गर्न नसकिएको राष्ट्र बैंकका अधिकारीहरूको स्वीकारोक्ति छ । सबैभन्दा धेरै रकम भित्रिने भारतबाट समेत थोरै हिस्सा मात्र औपचारिक माध्यमबाट आउने गरेको अध्ययनले देखाएको छ ।

प्रकाशित मिति: : 2021-05-01 17:19:00

प्रतिकृया दिनुहोस्