बिएल संवाददाता
रोल्पाको गंगादेव गाउँपालिकाका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ४३ जनाको पीसीआर परीक्षण गरिएकोमा ४२ जनालाई कोरोना संक्रमण देखिएको हो।
४३ जनाकै स्वाब संकलन गरेर भैरहवा पठाइएको र ती मध्ये ४२ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको गाउँपालिकाका स्वास्थ्य संयोजक त्रिभुवन सिंह घर्तीले जानकारी दिए।
संक्रमित हुनेहरुमा गाउँपालिकाकै केही कर्मचारी, जनप्रतिनिधि र स्थानीय रहेका छन्। कोरोनाको खोप लगाइदिन खटिएका स्वास्थ्यकर्मीमा पनि कोरोना पोजिटिभ देखिएको छ।
सुरुमा लेखा अधिकृत र एक स्थानीय व्यवसायीलाई कोरोना संक्रमण देखिएको थियो। रोल्पामा पहिलो पटक यति ठुलो संख्यामा कोरोना संक्रमण देखिएपछि जिल्लावासी नै त्रसित बनेका छन्।
कोरोना संक्रमित बनेकाहरु हाल आ आफ्नो घरको आइसोलेसनमा बसिरहेका छन्। कोरोनाले तीव्र रुप लिन थालेपछि १० दिनको लागि गाउँपालिका नै सिल गरिएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया