अस्पतालमा बेड नपाउने अवस्था आएपछि प्रहरीले हरेक कार्यालयमा आइसोलेसन वार्ड बनाउने

गगन अर्याल

काठमाडौं

रोना भाइरसको दोस्रो लहर (भेरियन्ट)सँगै फैलिएको संक्रमणलाई मध्यनजर गरेर प्रहरीले हरेक कार्यालयमा अनिवार्य आइसोलेसनको व्यवस्था गर्नु पर्ने निर्देश दिएको छ ।

प्रहरी प्रधान कार्यालयले मातहतका प्रहरी कार्यालयलाई पर्याप्त सावधानी अपनाउन र कार्यालय भित्र आइसोलेसन बनाउन निर्देशन दिएको हो । 

पछिल्लो समयमा संक्रमण फैलिएपछि अस्पतालहरुमा पनि विरामीको चाप भएको र आगामी दिनमा त्यसको अवस्थालाई मध्यनजर गरेर प्रत्येक कार्यालयले आइसोलेसन निमार्ण गर्ने निर्देशन दिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त कुँवरले बताए ।

‘संक्रमण फैलिरहेको छ, अस्पतालमा बेडको अभाव छ त्यसैले भेन्टीलेटर नचाहिने विरामीहरुलाई हरेक कार्यालयमा आइसोलेसन निमार्ण गरेका छौं,’ एसएसपी कुँवरले भने,‘प्रहरीमा अहिले त्यस्तो डियुटीमा प्रभाव पर्ने हिसाबले कोरोना संक्रमण देखिएको छैन् ।’

प्रहरीले अहिले आफु जोगिँदै अरुलाई पनि सुरक्षा दिन र कोरोना भाइरसको बारेमा जनचेनता फैलाउने कार्यमा लागि परेको प्रवक्ता कुँवरले बताए । गतसाता प्रहरीले देशका विभिन्न स्थानमा मास्क बाँड्नेदेखि जनचेतना फैलाउने काम गरेको थियो । 

प्रहरी कर्मचारीलाई अनिवार्यरुपमा स्वास्थ्यमा मापदण्ड सेनिटाइजरको प्रयोग, मास्कको अनिवार्य प्रयोग, भौतिक दुरी कायम गरेर ड्युटी गरिरहेका छन् । 

प्रकाशित मिति: : 2021-04-30 17:48:00

प्रतिकृया दिनुहोस्