प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार नेपालका लागि रुसी महासंघका राजदूत अलेक्सेई नोभिकोभले भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालले रुसबाट खरिद गर्ने क्रममा रहेको कोभिड–१९ विरुद्धको खोप (स्पुतनिक भी) तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न राजदूत नोभिकोभलाई आग्रह गरेका थिए।
जवाफमा राजदूत नेभिकोभसहितका प्रतिनिधिहरुले त्यसतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिएका थिए।
भेटमा दुई पक्षीय सम्बन्धका अन्य आयाममाथि चर्चा भएको थियो।
भेटमा दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएका प्रयासहरुलाई थप गति दिने बारे पनि छलफल भएको थियो।