ओली-मधेश सम्बन्धमा उतारचढाव : मधेशविरोधी छविलाई चिर्दै यसरी सुधारे सम्बन्ध !

लोकान्तर

काठमाडौँ

अजय अनुरागी

२०७२ सालमा संविधान बन्न लागेको बेलादेखि नै मधेशमा केपी शर्मा ओलीलाई रुचाइएको थिएन । नेकपा एमालेको अध्यक्षका हैसियतले दिने गरेको अभिव्यक्ति र गरेका टिप्पणीका कारण उनी अलोकप्रिय बनिरहेका थिए ।

तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधानमा मधेशी समुदायको अधिकार समेट्नका लागि संविधान सभाभित्र गरेको संघर्ष र माग नसुनिएपछि मधेसी दलहरू संविधान सभा परित्याग गरेर सडक संघर्षमा ओर्लिन बाध्य भएका थिए ।

शुरूमा शहरकेन्द्रित आन्दोलनको माग पनि नसुनिएपछि राजमार्ग अवरुद्ध गरेर राजमार्गकेन्द्रित आन्दोलन चर्काउदा हिंसा थप चर्किएको थियो। नेपालको लाइफ लाइन मानिने पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध गरेपछि सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेर राजमार्ग खुलाउने क्रममा सुरक्षाकर्मीले चलाएको गोलीका कारण दर्जनौं आन्दोलनकारी मारिएका थिए।

त्यसपछि मानवीय क्षति कम गर्ने उद्देश्यले मोर्चाले रणनीति परिवर्तन गर्दै नेपाल-भारतको सीमा नाका दशगजा ‘नो मेन्स ल्यान्ड’मा आन्दोलन केन्द्रित गरे । नाका अवरुद्ध गर्ने लक्ष्यले मोर्चाले गरेको आन्दोलनमा भारतले साथ दिएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चर्को विरोध गरेका थिए । उनी प्रधानमन्त्री भएको बेला नाकाबन्दीलाई सामना गरे र त्यतिबेलाको भारतविरोधी व्यक्ति र चट्टानी अडानका कारण उनले शक्ति आर्जन गरे । बरु उत्तरी छिमेकी चीनसँग पारवहन सम्झौता गरेर भारतसामु कुनै पनि हालतमा नझुक्ने भन्दै नाकाबन्दीको सामना गरेका थिए।

प्रकाशित मिति: : 2021-04-30 11:02:00

प्रतिकृया दिनुहोस्